राजनीति


महोत्तरीमा बालेनको पुर्ख्यौली घरमा तोडफोड भन्दै भिडिओ भाइरल, यथार्थ के हो?

महोत्तरीमा बालेनको पुर्ख्यौली घरमा तोडफोड भन्दै भिडिओ भाइरल, यथार्थ के हो?

मेयर बालेनको पुर्ख्यौली घरमा तोडफोड भनी सामाजिक सञ्जालमा राखिएको भिडिओबाट स्क्रिनसट र बालेनको फाइल तस्बिर


नेपालखबर
असोज २, २०८२ बिहिबार ९:३६, काठमाडौँ

सामाजिक सञ्जालमा अहिले काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’को महोत्तरीस्थित पुर्ख्यौली घरमा तोडफोड गरिएको भन्दै एउटा भिडिओ भाइरल छ। 

जेनजी आन्दोलनपछि मुलुकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर अन्तरिम सरकार गठन भएका बेला उक्त भिडिओ सार्वजनिक भएको हो। 

जेनजी आन्दोलनमा मेयर बालेनले पनि समर्थन गरेका थिए भने सुरुमा आन्दोलनकारीले उनैलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए। तर उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गरे। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई नियुक्त गरे। 

यसैबीच मेयर बालेनलाई ‘विदेशीबाट परिचालित भन्दै’ महोत्तरीको एकडारा गाउँपालिका वडा नम्बर २ स्थित उनको पुर्ख्यौली घरमा तोडफोड भनेर सामाजिक सञ्जालमा भिडिओ भाइरल बनाइएको हो। 

यस विषयमा बिहीबार बिहान महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी शैलेन्द्र भट्टसँग नेपालखबरले जिज्ञासा राख्दा त्यो कुरा झुटो भएको बताए। 

‘हामीले पनि सामाजिक सञ्जालमा भिडिओ देख्यौँ, त्यसपछि उहाँको घरमा गयौँ तर पछिल्लो समय उनको घरमा कुनै तोडफोड भएको छैन। त्यो भिडिओ अहिलेको होइन,’ उनले भने। 

डीएसपी भट्टका अनुसार त्यो भिडिओ पहिलेकै कुनै बेलाको हो। 

‘त्यो कहिलेको र कुन सन्दर्भमा थियो भन्ने कुरा हामीलाई थाहा भएन,’ उनले नेपालखबरसँग भने, ‘तर त्यो पछिल्लो समय (जेनजी आन्दोलनपछि) को होइन, हाल त्यहाँ केही पनि भएको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad