राजनीति


कर्णाली सरकारका प्रवक्ता शाहद्वारा जेनजी आन्दोलनमा भएको क्षतिको अनुगमन

कर्णाली सरकारका प्रवक्ता शाहद्वारा जेनजी आन्दोलनमा भएको क्षतिको अनुगमन

नेपालखबर
असोज १, २०८२ बुधबार २०:३०, सुर्खेत

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जेनजी आन्दोलनमा भएको क्षतिको अनुगमन गरेका छन्। बुधबार प्रवक्ता शाहले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट क्षति भएका कर्णाली प्रदेशका सरकारी कार्यालय तथा निवासहरुको अनुगमन गरेका हुन्।

मन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, जलस्रोत तथा उर्जाविकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयहरुका सरकारी निवासको अनुगमन गरेका उनका स्वकीय सचिव हेमन्त दशौंदीले जानकारी दिए। 

उनकाअनुसार मन्त्री शाहले कर्णाली प्रदेशसभाको पनि अनुगमन गरेका छन्। जेनजीका नाममा यी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरिएको छ। 

अनुगमन गर्दै मन्त्री शाहले जेनजीले उठाएका विषय मनन योग्य भएको बताए।

उनले भने, ‘भ्रष्टाचार नियन्त्रण, राजकीय पदमा बसेकाको सम्पत्ति छानविन, अनियमितता रोक्ने र जनताले सहज ढंगले सेवा प्राप्त गर्ने कुरामा सरकार जिम्मेवार हुनैपर्छ। तर, पूर्वघोषणा विपरित खर्बौ‌को भौतिक संरचनामा भएको तोडफोड र आगजनी निन्दनीय र भ्रत्सना योग्य छ।’

यस्तै, मन्त्री शाहले यस आन्दोलनले मुलुकका कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र निजि क्षेत्रमा एकैपटक गरिएको प्राहर देशमाथिको प्रहार भएको उल्लेख गरे।

उनले भने, ‘हाम्रा आस्थाका धरोहर सिंहदरबार, संघिय संसद भवन सर्वोच्च अदालत, प्रदेश सभा भवन, थुप्रै सार्वजनिक तथा निजि व्यापारिक संरचनामा गरिएको आगजनी, तोडफोड तथा विध्वंसात्मक र विनाशकारी घटनाको निश्पक्ष छानविन र दोषीलाई कानुनी कारबाही हुनुपर्छ।’

मन्त्री शाहले यस विध्वंसात्मक घटनाले नेपाल ५० वर्षपछि धकलिएको बताए। उनले भने, ‘कर्णाली जस्तो क्षेत्रमा हाम्रा यस्ता सुन्दर संरचनामा भएको क्षती हेर्दा लाग्छ कुनै मानवीय संवेदना भएकोले गर्नै सक्दैन्। यसले हामिलाई भावविह्वल बनाएको छ। तर, हामी खरानी टक्टकाएर फेरि उठ्नेछौँ।’

यस्तै, मन्त्री शाहसँगै प्रदेश सभामुख नन्दा गुरूङ, उप–सभामुख यशोदा न्यौपाने, प्रदेशसभा सचिव जीवराज बुढाथोकी र कृषि मन्त्रालयका सचिव संजिवकुमार कर्ण लगायतले अनुगमन गरेका थिए। 

यस्तै, प्रहरीका अनुसार जेनजी आन्दोलनबाट कर्णाली प्रदेशका तीन जिल्लाका सरकारी तथा निजी गरी ५२ बढी भौतिक संरचना तहसनहस भएका छन्।

क्षति भएका ४५ वटा सवारी साधनमाहरुमा सरकारी गाडीहरु पूर्णरुपमा ६ वटा, १३ आंशिक गरी जम्मा १९ र मोटरसाइकतर्फ १४ वटा पूर्ण र ५ वटा आंशिक गरी जम्मा १९ वटा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad