राजनीति


सरकारी कार्यालयमा फर्निचरसहितका सामान खरिद गर्दा स्वदेशी उत्पादनलाई प्राथमिकता

सरकारी कार्यालयमा फर्निचरसहितका सामान खरिद गर्दा स्वदेशी उत्पादनलाई प्राथमिकता

नेपालखबर
असोज १, २०८२ बुधबार १९:२८, काठमाडौँ

सरकारले जेनजी आन्दोलनका कारण ध्वस्त सरकारी कार्यालयहरूमा आवश्यक फर्निचर र सामानहरू खरिद गर्दा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने भएको छ। मंगलबार मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवहरूको बैठकले यस्तो निर्णय गरेको हो।

'आन्दोलनका क्रममा ध्वस्त भै नयाँ खरिद गर्नुपर्ने फर्निचर लगायतका सामानहरूको खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिई खरिद गर्ने,' सचिवहरूको बैठकको निर्णयमा भनिएको छ।

त्यस्तै जेनजीको चाहना बमोजिम सार्वजनिक सेवा प्रवाह एवं निर्णय प्रकृया चुस्त, मितव्ययी र प्रभावकारी बनाउन बाधक देखिएका मापदण्ड, कार्यविधि तथा निर्देशिकाहरू तत्काल खारेजी वा संशोधनको प्रकृया अगाडि बढाउने निर्णय पनि बैठकले गरेको छ। 

सेवा प्रवाहमा गर्नुपर्ने कार्यालयमा कर्मचारी दरबन्दी रिक्त भए सम्बन्धित कार्यालयको अनुरोधमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तत्काल पदपूर्ति गर्ने निर्णय पनि बैठकले गरेको छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad