हामी नेपाल नामक गैरसरकारी संस्थाका सुदन गुरुङले आफूलाई नचिनेका मान्छेहरूले पिछा गरेर त्रास दिएको बताएका छन्।
नेपालखबरसँग टेलिफोन कुराकानी गर्दै गुरुङले रानीबारीदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेट पुग्दासम्म गाडी र मोटरसाइकलबाट आफूलाई लखेटेको बताए। करिब १ घन्टा पिछा गरेपछि आफू सुरक्षित हुन विमानस्थलस्थित नेपाली सेनाको शरणमा पुगेको उनको भनाइ छ।
उनको भनाइ जस्ताको त्यस्तै
हामी रानीबारीबाट एउटा बैठकका लागि बानेश्वरतर्फ जाँदै थियौँ। रानीबारीबाट निस्केर लाजिम्पाट पुगेका मात्रै थियौँ हामीलाई फलो सुरु भएको थाहा भयो।
सुरुमा २२० पल्सर निलो बाइकले हामी चढेको गाडीलाई फलो गर्न थाल्यो। हाम्रो गाडीमा सेक्युरिटी राखेका छौँ। उनीहरूले देखेछन् फलो गरिरहेको।
उहाँहरूले दायाँबायाँ, तलमाथि सबैतिर निगरानी गरिरहनुहुन्छ। लाजिम्पाटबाट अघि बढिरहँदा हामीले जहाँ मोड्यो त्यहीँ मोड्ने, जहाँ रोक्यो त्यहीँनजिकै रोक्ने गर्न थाल्यो।
यसो हुन थालेपछि सेक्युरिटीले भन्यो- हामीलाई कसैले फलो गरिरहेको छ रोक्नुस् भनेर। शान्तिनगरको पेट्रोलपम्प आइसकेपछि हामीलाई सेक्युरिटीले रोक्नु भनेको थियो। हाम्रो गाडीले ब्रेक लगाउनासाथ त्यो बाइकले पनि मोडमा आइपुगेर रोक्यो।
हामी फेरि अघि बढ्यौँ। बाइक पनि चल्यो। मैले गाडी नरोक्ने भनेर अघि बढ्न भनेँ। अनि मैले केटाहरूलाई गोली बोकेको भए मलाई हान्छन् त्यसैले नरोक भनेँ। मैले केटाहरूलाई केही गरी मलाई मारिहाल्यो भने पनि तिमीहरूले लिड लिनुपर्छ। तर तिमीहरूलाई यिनीहरूले टेर्दैनन् मलाई बचाऊ है सकेसम्म। देश बचाउन पनि मलाई बचाऊ भनेँ।
त्यो बाइकमा दुई जना थियो। बाइकको पछि बस्नेले ठूलो झोला बोकेको थियो। बाइकसँगै एउटा कोरियन कलरको गाडी पनि थियो। हामी बानेश्वरसम्म गल्लीगल्ली छिर्दै आउँदा पनि हामीलाई फलो गरिरहेको देखेपछि हामी सिनामंगलतिर लाग्यौँ। त्यहाँ पुग्दा पनि पछिपछि आइरहेकै थियो।
हामी त्यहाँबाट एयरपोर्ट छिर्यौँ। आर्मी ब्यारेकमा पुगेर आर्मीका जगत सरलाई, आईजी सरलाई फोन गर्यौँ। सेक्युरिटी आयो अनि केहीबेरपछि निस्कियौँ। एयरपोर्टबाट निस्किँदा ३:३० भएको थियो। हामीलाई करिब १ घन्टा फलो गरेको थियो।
Shares

प्रतिक्रिया