राजनीति


जेनजी प्रदर्शनका क्रममा भौतिक संरचनामा क्षति भएपछि नगर सेवा बन्द

जेनजी प्रदर्शनका क्रममा भौतिक संरचनामा क्षति भएपछि नगर सेवा बन्द

नेपालखबर
असोज १, २०८२ बुधबार १६:५४, कञ्चनपुर

जेनजी प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडका कारण क्षति पुगेपछि शुक्लाफाँटा नगरपालिकामा कार्यसञ्चालन हुन सकेको छैन। प्रदर्शनकारीले नगरपालिकाको प्रशासकीय भवनका साथै १२ वटै वडा कार्यालयमा तोडफोड गरी सामग्रीमा आगो लगाएपछि नियमित कार्यसञ्चालनमा समस्या भएको हो। 

तोडफोड गरिएका, आगजनी गरी जलाइएका संरचना तथा सामग्रीको क्षतिको मुचुल्का तयार गर्न, मूल्याङ्कन गर्न, सरसफाइ गर्न समय लाग्ने भएकाले कार्यालय सञ्चालन हुन नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताए। 

उनका अनुसार प्रदर्शनकारीले वडा नं १, ४ र ७ भवनमा आगो लगाएर नोक्सानी गरेका छन् भने कार्यालयभित्रका महत्त्वपूर्ण कागजपत्र, फर्निचर, कम्प्युटर, पङ्खा, एसी, प्रिन्टरलगायत सामग्री जलाएका छन्। 

सेवाग्राहीले बुझाएको राजश्वबापतको रकम, ल्यापटपसहित हात्ती प्रभावित क्षेत्रमा वितरणका लागि राखिएका टर्चलगायत सामग्री लुटेर लगेका वडाका कर्मचारीको भनाइ छ। 

नगरपालिकामा हालसम्म वडा नं १० ले वैकल्पिक व्यवस्थासहित स्वास्थ्य कार्यालयको बरण्डाबाट आंशिक रूपमा सेवा दिन सुरु गरेको छ। नगरको नियमित कार्यसञ्चालनमा ल्याउनका लागि एकसाता लाग्ने अधिकृत विष्टले बताए। 

यसैगरी, कृष्णपुर नगरपालिले क्यान्टिनबाट सेवा सञ्चालनको तयारी गरेको छ। पुर्नवास नगरपालिकामा पनि आगजनी र तोडफोडबाट क्षति पुगेकाले कार्यालय सञ्चालन हुन सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad