हाम्रो नेपाली पार्टीका बागमती प्रदेश सभा संसदीय दलका नेता शैलेन्द्र मान बज्राचार्यले सांसद पदबाट राजीनामा दिएका छन्।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई सामाजिक सञ्जालमार्फत समर्थन गर्दै उनले राजीनामा दिएका हुन्।
‘जेन–जी नेपाल जिन्दावाद। सम्पूर्ण महान सहिदहरूप्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली तथा नमन’ उनले लेखेका छन्, ‘सकारात्मक सोच सहित मेहनती र इमान्दर बनौं। अब हाम्रो देश नेपाललाई दिन रात खटेर मौलिक विकास गरौं। बागमती प्रदेश सभा सदस्यबाट राजीनामा गरेको घोषणा गर्दछु। धन्यवाद।’
यसअघि जेनजी युवाहरूको भदौ २३ गतेको प्रदर्शनमा सरकारले दमन गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सामूहिक राजीनामा दिने जनाएका थिए।
प्रतिनिधि सभा हाल विघटित अवस्थामा छ।
771
Shares

प्रतिक्रिया