राजनीति


पारमाणविक भट्टी सञ्चालन निजी क्षेत्रलाई नदिन विज्ञहरुको सुझाव

पारमाणविक भट्टी सञ्चालन निजी क्षेत्रलाई नदिन विज्ञहरुको सुझाव

नेपालखबर
असार २३, २०७६ सोमबार ९:१४,

विज्ञहरुले पारमाणविक भट्टी केन्द्र सञ्चालन गर्ने अनूमति निजी क्षेत्रलाई नदिन सरकारलाई सचेत गराएका छन्।

प्राध्यापक सुरेन्द्रप्रसाद पण्डित र चिकित्सक शान्तलाल श्रेष्ठले ठूल्ठूला युद्धमा प्रयोग हुने पारमाणविक भट्टी उत्पादन गर्ने अधिकार सरकारमा मात्रै निहीत हुनुपर्ने पनि स्पष्ट पारे।

प्राध्यापक पण्डितले भारत र चीनजस्ता दुई ठूला छिमेकी मुलुकको बीचमा रहेको नेपालका लागि पारमाणविक भट्टीको स्थापना र सञ्चालन संवेदनशील विषय भएकाले त्यसतर्फ सरकारलाई गम्भीर भएर सोच्न पनि आग्रह गरे। युद्धमा मानव संहार गर्ने त्यस्ता खालका भट्टीहरु दुरुपयोग हुन नदिन सरकारले कडा निगरानी राख्नुपर्ने उनको भनाई थियो।

सोमबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ‘पारमाणविक तथा रेडियाधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै प्राध्यापक पण्डितले नेपालले पनि पारमाणविक भट्टी स्थापना गर्न सक्ने तर त्यसका लागि कडा नियमनकारी निकायको व्यवस्था हुनुपर्ने पनि स्पष्ट पारे।

बैठकमा चिकित्सक शान्तलाल श्रेष्ठले रेडियोधर्मी पदार्थको सुरक्षित प्रयोगका लागि ल्याइएको विधेयक सही भएपनि पारमाणविक भट्टी स्थापना गर्ने सम्बन्धमा विधेयकमा समावेश गरिएको प्रावधान भने उचित नभएको बताए। उनले पारमाणविक भट्टी स्थापना गर्न निजी क्षेत्रलाई दिने विधेयकको प्रावधान मान्य नहुने पनि स्पष्ट पारे।

विधेयकमा पारमाणविक भट्टी निजी क्षेत्रले पनि संचालन गर्न सक्ने प्रावधान राखिएको छ। त्यसप्रति विज्ञहरुको आपत्ति छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad