राजनीति


मन्त्री बन्न गरिएको प्रस्ताव भीमार्जुनले पनि गरे अस्वीकार

मन्त्री बन्न गरिएको प्रस्ताव भीमार्जुनले पनि गरे अस्वीकार

भीमार्जुन आचार्य


नेपालखबर
भदौ ३१, २०८२ मंगलबार १८:५६, काठमाडौँ

अन्तरिम सरकारको मन्त्री बन्ने प्रस्तावलाई वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले पनि अस्वीकार गरेका छन्। 

आचार्यले अहिलेको मन्त्रिपरिषद्‌मा भएका केही र आन्दोलनमा लागेका केहीले मन्त्री बन्न प्रस्ताव गरेको तर आफूले अस्वीकार गरेको जानकारी दिएका हुन्।  

'क्याबिनेटमा जानुपूर्व क्याबिनेटका केही साथी र आन्दोलनका केही साथीहरूले मलाई प्रस्ताव राख्नुभएको थियो। मैले विनम्रतापूर्वक आफू इच्छुक नभएको बताइसकेको छु,' उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, 'जीवनभर संविधानको मूल्यको कुरा गरेँ। आन्दोलनबाट निर्मित सरकारको सीमा निश्चित हुँदैन। यसो हुन गएमा बाँकी जीवन मेरो जवाफ दिदैँमा बित्ने हुन्छ।'

उनले मन्त्रीका लागि आफ्नो नाम फेरि पनि चर्चा गर्नेहरूप्रति आभार व्यक्त गर्दै अहिलेको खुसी र स्वतन्त्रता कसरी गुमाउँ? भन्दै प्रश्न गरेका छन्।  

उनले देशलाई परेको बखद् सहयोग सबै अवस्थामा गरिरहेको उल्लेख गर्दै निर्दोष युवाहरूको रगतको श्राप लाग्ने दिन नआओस्, सरकारी, सार्वजनिक सम्पदा र निजी सम्पत्तिको विनाश तथा हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन सकिएन भन्ने सुन्न नपरोस् भनेका छन्।  

आचार्यले देशको अस्मितामा आँच आउने काम अहिलेको सरकारबाट नहोस् पनि भनेका छन्। 

यसअघि वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतले पनि मन्त्री बन्न अस्वीकार गरेका थिए। नियमित आँखा जाँचका लागि तिलगंगा आँखा प्रतिष्ठानमा पुगेकी प्रधानमन्त्री कार्कीले गरेको प्रस्तावमा उनले अहिले बिरामी छोडेर मन्त्री बन्न नसक्ने बताएका हुन्। 

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad