नवनियुक्त तीनजना मन्त्रीले शपथ ग्रहण गरेका छन्।
केहीबेरअघि शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू ओमप्रकाश अर्याल, रामेश्वर खनाल र कुलमान घिसिङलाई शपथ गराएका हुन्।
अधिवक्ता एवं अधिकारकर्मीसमेत रहेका अर्याललाई गृहसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यसैगरी पूर्वअर्थसचिवसमेत रहेका खनालले अर्थ मन्त्रालयको कार्यभार पाएका छन्। नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जासँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहकारी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित भएपछि पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार साँझ अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन्।

Shares

प्रतिक्रिया