राजनीति


दलहरूलाई राष्ट्रपतिको जवाफ- बडो जुक्तिले संविधान बचेको छ, सम्हालिँदै चुनाव गराउन सहयोग गर्नू

दलहरूलाई राष्ट्रपतिको जवाफ- बडो जुक्तिले संविधान बचेको छ, सम्हालिँदै चुनाव गराउन सहयोग गर्नू

नेपालखबर
भदौ २८, २०८२ शनिबार १८:५४, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात शान्तिपूर्ण निकास निस्किएको बताएका छन्। 

शनिबार विज्ञप्ति निकाल्दै उनले संविधान बचेको र ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्ने अवसर जनताले पाएको उल्लेख गरेका छन्। 

‘देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ। ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन्।’

पौडेलले सम्हालिदै आगामी चुनावमा सहयोग गर्न अपिल समेत गरेका छन्। ‘तसर्थ, बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न म सबै पक्षलाई हार्दिक अपिल गर्दछु,’ उनले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad