राजनीति


फागुनको निर्वाचनका लागि अझै मतदातामा नाम दर्ता गर्न सकिने

फागुनको निर्वाचनका लागि अझै मतदातामा नाम दर्ता गर्न सकिने

नेपालखबर
भदौ २८, २०८२ शनिबार १८:५७, काठमाडौँ

सरकारले आगामी फागुन २१ गते आम निर्वाचनको मिति घोषणा गरेको छ। यही घोषणाका कारण मतदाता नामावलीमा नाम दर्ता गराउन नरोकिने निर्वाचन आयोगले स्पष्ट पारेको छ।

१६ वर्ष उमेर पुगेका र नागरिकता लिएका प्रत्येक व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउँछन्। तर, मतदान गर्ने अधिकार भने फागुन २० गते १८ वर्ष पूरा भएकाले मात्र पाउनेछन्।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शनिबार बिहान नेपालखबरसँगको कुराकानीमा भने, ‘निर्वाचन घोषणाले मतदाता नामावली अद्यावधिक गर्ने काम रोकिँदैन। यही चुनावमा मतदान गर्न पाउने गरी नयाँ नाम दर्ताको व्यवस्था गर्छौँ।’

निवर्तमान प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पनि ६ महिनापछि हुने निर्वाचनका लागि अहिले नै नाम दर्ता रोक्न नहुने बताए।
उनले भने, ‘अहिलेको ऐनले मिति घोषणा भएपछि सोही निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन भनेको छ।

तर, यसमा संशोधन गर्नुपर्छ भनेर हामीले विधेयकमा पठाएका छौँ। अब त्यो प्रस्तावित विधेयकको व्यवस्थालाई सरकारले कुनै आदेशमार्फत क्रियाशील गराउन सक्छ। ६ महिनापछि हुने निर्वाचनका लागि अहिले नै मतदाता नामावलीमा नाम दर्ता गराउने कार्य रोक्न हुँदैन।’

जेनजीको मागअनुसार यो राजनीतिक परिवर्तन भएकाले पनि उनीहरुलाई मतदानमा पूरापूर सहभागी गराउने वातावरण बनाउनुपर्ने उनको सुझाव छ। निर्वाचनको मिति आउनुभन्दा १२० दिनअगाडि मात्र मतदाताको नाम दर्ता रोक्न सकिने उनी बताउँछन्।

‘सामान्यतः चुनावको तयारीका लागि आयोगलाई १२० दिन लाग्छ,’ थपलिया भन्छन्, ‘निर्वाचन अवधि प्रारम्भ नभएसम्म अर्थात् १२० दिनअगाडिसम्म १६ वर्ष उमेर पुगेर नागरिकता लिएकालाई मतदाता नामावलीमा नाम दर्ता गर्ने गरी सरकारले घोषणा गर्न सक्छ। र, त्यसैबमोजिम दर्ताका लागि आह्वान गर्न सक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad