राजनीति


प्रधानमन्त्री कार्कीको पहिलो निर्णय संसद् विघटन‍, राष्ट्रपतिले गरे सदर

कार्कीले नेपालखबरसँग भनिन्– मैले सदन विघटनको सिफारिस गरेँ, राष्ट्रपतिले स्वीकार गरी हस्ताक्षर गर्नुभयो
प्रधानमन्त्री कार्कीको पहिलो निर्णय संसद् विघटन‍, राष्ट्रपतिले गरे सदर

नेपालखबर
भदौ २७, २०८२ शुक्रबार २२:२७, काठमाडौँ

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो पहिलो निर्णयमा नै संसद् (प्रतिनिधि सभा) विघटन गरेकी छन्।

शुक्रबार राति पद तथा गोपनीयताको शपथ ग्रहण समारोहपछि शीतलनिवासमै बसेको पहिलो मन्त्रिपरिषद् बैठकबाट जेनजीले उठाएको संसद् विघटनको माग कार्कीले सम्बोधन गरेकी हुन्। 

कार्कीको अन्तरिम मन्त्रीपरिषदमा अन्य सदस्य नियुक्त नभएकाले उनी एक्लैको बैठकले संसद विघटन गर्ने निर्णय गरेको हो। 

उनले संसद् विघटनको सिफारिस आफूले गरेको र राष्ट्रपतिले त्यसलाई स्वीकार गरेको नेपालखबरलाई जानकारी दिइन्। 

'भर्खरै आएका छौँ। अब भोलि पर्सि बसेर सल्लाह गरेर मन्त्रिमण्डल विस्तार गर्छौँ। ३-४ दिनको मेहनतबाट आफूले भनेजस्तो भएको हो,' नवनियुक्त प्रधानमन्त्री कार्कीले नेपालखबरसँग भनिन्,' सदन विघटन भइसक्यो- विघटन भनेर राष्ट्रपतिले हस्ताक्षर गरिसक्नु भएको छ। मैले सिफारिस गरेँ उहाँले स्वीकार गरी हस्ताक्षर गर्नुभयो।' 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad