राजनीति


प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

नेपालखबर
भदौ २७, २०८२ शुक्रबार २१:४१, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन्। 

शुक्रबार साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर सुरक्षा निकायको शरणमा पुगेका थिए। 

कार्कीलाई आन्दोलनरत जेन्जी समूहले सर्वसम्मत रुपमा प्रधानमन्त्रीमा अघि सारेको हो।

त्यसयता राष्ट्रपति र प्रधान सेनापतिले विभिन्न चरणमा छलफल गरेका थिए।

कार्कीलाई ६ महिनाभित्र आम निर्वाचन गर्नेगरी आज प्रधानमन्त्री नियुक्त गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad