अन्तरिम सरकार गठन हुनुअघि राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच निर्णायक कुराकानी हुँदै छ।
राष्ट्रपति पौडेल र पूर्वप्रधानन्यायाधीश कार्की दुई जना मात्र भएर एउटा कोठामा कुराकानी गरिरहेका छन्।
जेनजी प्रतिनिधि र अन्य पक्षहरूलाई अलगअलग कोठामा राखिएको छ। सामूहिक छलफल र भेटघाट गरिएको छैन।
‘सबैलाई भिन्दाभिन्दै कोठामा राखिएको छ, कहाँ के भइरहेको छ, कसैलाई थाहा छैन,’ शीतलनिवासले भन्यो, ‘राष्ट्रपतिको कोठामा सुशीला कार्की जानुभएको छ। उहाँहरू २ जनाबीच मात्रै कुरा भइरहेको छ।’
711
Shares

प्रतिक्रिया