नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले राजनीतिक संकटको निकास संविधान र विद्यमान बहुदलीय व्यवस्थाबाहिरबाट खोज्ने कुरा गलत हुने बताएको छ।
महामन्त्री मोहनविक्रम सिंहले बिहीबार एक वक्तव्य प्रकाशित गरी ‘अहिलेको राजनीतिक समस्याको समाधान विद्यमान संविधानको परिधिभित्र नै खोज्नु पर्दछ’ भनेका छन्।
उनले संविधानअन्तर्गतको संघीयतालाई खारेज गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएका छन्।
साथै, उनले संविधानमा व्यवस्था गरिएका गणतन्त्र, धर्मनिरपेक्षता, मौलिक अधिकार वा बहुदलीय व्यवस्थालाई रक्षा गर्नुपर्ने आवश्यकता पनि औँल्याएका छन्।

354
Shares

प्रतिक्रिया