राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको भर्चुुअल बैठक बस्दैछ।
सहकारी प्रकरणमा नख्खु कारागारमा रहेका पार्टी सभापति रवि लामिछाने ‘सुरक्षाका कारण’ भन्दै जेल बाहिर आएपछि रास्वपा र सभापति लामिछानेप्रति सामाजिक सञ्जालमा नकारात्मक प्रचार भइरहेको छ।
सो बारे बैठकमा छलफल भइरहेको रास्वपाका एक नेताले जानकारी दिए।
रास्वपाले ‘नयाँ परिस्थितिमा पनि मुलुक विधिको शासन, कानुनी सर्वोच्चता, मानवअधिकार, आवधिक निर्वाचन, अभिव्यक्ति स्वतन्त्रता जस्ता लोकतन्त्रका आधारभूत मूल-मान्यता एवं राजनीतिक सहअस्तित्वकै आधारमा अगाडि’ बढाउनपर्ने बताएको छ।
यस्तै, रास्वपाभित्र संसद विघटन गर्ने कि नगर्ने भन्ने विषयमा पनि दुईधार देखिएको छ।
309
Shares

प्रतिक्रिया