समाज


जेनजीको प्रदर्शनमा घाइते भएका ३३१ जनाको २२ अस्पतालमा हुँदैछ उपचार

जेनजीको प्रदर्शनमा घाइते भएका ३३१ जनाको २२ अस्पतालमा हुँदैछ उपचार

नेपालखबर
भदौ २६, २०८२ बिहिबार १७:३९, काठमाडौँ

जेनजी प्रदर्शनमा घाइते भएका ३३१ जनाको २२ अस्पतालबाट उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदर्शनमा घाइते भएका १ हजार ३६८ जना घाइतेमध्ये ३२१ जनाको उपचार भइरहेको जनाएको छ। काठमाडौँका सरकारी र निजी गरी ९ अस्पताल र काठमाडौँ बाहिरका १३ अस्पताल छन्। 

सबैभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा ५८ घाइतेहरूको उपचार भइरहेको छ। सोमबारदेखि घाइतेहरूको उपचार गरिरहेको अस्पतालमा ८ जना गम्भीर बिरामी छन्। 

प्रदर्शनको मुख्य स्थल बानेश्वरको निजामती कर्मचारी (सिभिल) अस्पतालमा ४८ जना घाइतेहरूको उपचार भइरहेको छ। ओपीडी सेवा बन्द गरेर घाइतेहरूको उपचार गरिरहेको अस्पतालले ४१ जना घाइतेहरूको शल्यक्रिया गरेको जनाएको छ। 

४ जना घाइतेहरूको पुन: शल्यक्रिया गरेको छ। त्रिवि शिक्षण अस्पतालले ३५ जना घाइतेहरूको उपचार गरिरहेको छ। त्रिवि शिक्षण अस्पतालले ओपीडी सेवा सूचारु राखेको छ। त्रिवि शिक्षण अस्पतालमा आवासिय चिकित्सकको सहयोगमा उपचार गरिरहेको जनाएको छ। 

नेपाली सेनाले सञ्चालन गरेको वीरेन्द्र सैनिक अस्पतालमा २६ जना घाइतेको उपचार भइरहेको छ। सुर्खेत प्रादेशिक अस्पतालमा २१ जना घाइतेको उपचार भइरहेको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ जनाको उपचार भइरहेको छ। 

निजीतर्फ सिनामंगलको नेपाल मेडिकल कलेजमा ३५ जना घाइतेको उपचार भइरहेको छ।  बल्खुको बयोधामा अस्पतालमा ९, ग्रान्डी अस्पतालमा ७ जना घाइते  उपचाररत छन्। 

झापाको विराटसिटी अस्पतालमा ५, पोखराको फिसटेल अस्पताल र चितवन मेडिकल कलेजमा ४-४ जनाको उपचार भइरहेको छ। 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, नोबल, विराट मेडिकल कलेजमा २-२ जना घाइते छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad