राजनीति


मुद्दाको तारिख गुज्रिए अदालतको काम सुरु भएको ३० दिनभित्र उपस्थित हुन सकिने

मुद्दाको तारिख गुज्रिए अदालतको काम सुरु भएको ३० दिनभित्र उपस्थित हुन सकिने

आगलागीले ध्वस्त सर्वोच्च अदालत


नेपालखबर
भदौ २६, २०८२ बिहिबार १७:३०, काठमाडौँ

सर्वोच्च अदालतले तारिख म्याद गुज्रिएकाहरूको हकमा अदालतको कामकाज सुरु भएको ३० दिनभित्र उपस्थित हुन अनुरोध गरेको छ। 

बिहीबार एक सूचना सार्वजनिक गर्दै सर्वोच्चले अदालत आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाट भएकाकारण भौतिक संरचना, इजलासहरु, चालु मुद्दा तथा अभिलेख मिसिल, सूचना प्रविधि प्रणालीसमेत क्षतिग्रस्त भएको हुँदा हाल यस अदालतको नियमित कामकारबाही अवरुद्ध भएको अवस्था रहेको भन्दै यस्तो जानकारी गरेको हो।

'यस विषम परिस्थितिका बावजुद अदालतबाट मुद्दा दर्ता एवम् सुनुवाइसमेतका कामकारवाही सुचारु गर्ने भरमग्दुर प्रयास भैरहेको छ' सर्वोच्चले भनेको छ।  
 
'हाल देशमा उत्पन्न विषम परिस्थितिका कारण निषेधाज्ञा तथा कर्फ्यू आदेश जारी भई आवातजावतमा असहजता भएबाट मुद्दाका पक्ष तोकिएको म्याद/तारिखमा उपस्थित हुन नसक्ने अवस्थाको विद्यमानता रहेकाले जारी भएको कर्फ्यू/निषेधाज्ञा हटी आवतजावतमा सहज भई सम्बन्धि अदालतको कामकारवाही सुचारु भएपश्चात उल्लिखित परिस्थितिले अदालतमा उपस्थित हुन नसकी म्याद/तारिख गुज्रन गएको कारण जनाई म्याद/तारिख थामी पाउँ भनी निवेदन लिई अदालतमा उपस्थित भएमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५९ र मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २२५ बमोजिम गुज्रिएको म्याद/तारिख थाम्न थमाउन सकिने एवम् उल्लिखित अवधिमा मुद्दा गर्ने हदम्याद गुज्रिएको हकमा यस अदालतको वृहत पूर्ण इजलासबाट ०७६-RE-०३९२ समेतको मुद्दामा मिति २०७७।०२।१५ मा भएको आदेशसमेत बमोजिम उल्लिखित कर्फ्यू/निषेधाज्ञा हटी आवतजावतको अवस्था सहज भई सम्बन्धित अदालतको कामकारवाही सुचारु भएको मितिले बाटोको म्यादबाहेक तीस दिनभित्र अदालतमा उपस्थित हुन सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यस अदालतको मिति २०८२।०५।२६ को पूर्ण बैठकको निर्णयानुसार अनुरोध छ' अदालतले भनेको छ।  

त्यस्तै अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सोको सुनुवाइको कार्य मिति भदौ २९ गते आइतबारबाट सुरु हुने तथा अन्य मुद्दाका कामकारबाही सुरु गर्ने पनि जानकारी गराएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad