राजनीति


बबरमहलमा युवाको प्रदर्शन- हाम्रो राष्ट्रपति सार्वजनिक गर, जंगी शासन चाहिँदैन

बबरमहलमा युवाको प्रदर्शन- हाम्रो राष्ट्रपति सार्वजनिक गर, जंगी शासन चाहिँदैन

नेपालखबर
भदौ २६, २०८२ बिहिबार १३:२३, काठमाडौँ

राष्ट्रपतिको अवस्था सार्वजनिक हुनुपर्ने माग राखी केही युवाले काठमाडौँको बबरमहलमा प्रदर्शन गरेका छन्।

निषेधाज्ञाकै बीच उनीहरूले संविधान र लोकतन्त्रका पक्षमा प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी समेत गरेका छन्।

उनीहरूले ‘संविधान मास्न पाइँदैन’, ‘विदेशी दलाल होसियार,’ ‘हाम्रो राष्ट्रपति सार्वजनिक गर,’ ‘जंगी शासन चाहिँदैन’, ‘संवैधानिक सर्वोच्चता कायम गर’ जस्ता नारा लगाएका थिए।

उनीहरूले संविधानको पुस्तक पनि बोकेर ल्याएका थिए।

मंगलबार सिंहदरबार, सर्वोच्च अदालत, शीतलनिवास लगायत संरचनामा तोडफोड र आगजनी हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गरेका थिए। राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूलाई विभिन्न ठाउँमा अहिले सेनाले सुरक्षा दिएर राखेको छ।

सेनाले आन्दोलनरत पक्ष र राष्ट्रपतिबीच वार्ताको सहजीकरण गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad