पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको ललितपुरको ढोलाहिटीस्थित घरमा जलेको अवस्थामा शव भेटिएको छ।
मंगलबार प्रदर्शनकारीले दाहालको घरमा आगजनी गरेका थिए। 'जलिसकेको अवस्थामा शव भेटिएको छ,' ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले नेपालखबरसँग भने, 'यसबारे अनुसन्धान गर्न प्रहरी पुगिसकेको छ। थप कुरा त पछि नै थाहा होला।'
39
Shares

प्रतिक्रिया