नेपाली सेनाले मन्त्री र प्रदेश प्रमुखहरूलाई सुरक्षित स्थानमा राखेको जनाएको छ।
मंगलबार विहानैदेखि आक्रोसि रहेका प्रर्दशनकारीले नेताका घरघरमा आगजनी र तोडफोड गरेपछि मन्त्रीहरूलाई हेलिकप्टरबाट सुरक्षित स्थानमा लगिएको हो।
सेनाका एक अधिकारीले नेपालखबरलाई जनाएअनुसार सेनाको सुरक्षामा उनीहरूलाई सुरक्षित स्थानमा राखिएको छ। उनीहरूलाई विभिन्न स्थानबाट ओसारिएको सेनाका ती अधिकारीले बताए।
यस्तै, केही नेताहरूलाई समेत सेनाले सुरक्षित स्थानमा राखेको जनाएको छ। मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन्।
645
Shares

प्रतिक्रिया