राजनीति


विर्तामोडको ट्राफिक प्रहरी कार्यालयमा आगजनी

विर्तामोडको ट्राफिक प्रहरी कार्यालयमा आगजनी

नेपालखबर
भदौ २३, २०८२ सोमबार २१:५५, काठमाडौँ

झापाको विर्तामोडमा रहेको ट्राफिक प्रहरीको कार्यालयमा आगजनी भएको छ। जेनजी प्रदर्शनकारीहरूले सोमबार साँझ कार्यालयमा आगजनी गरेका हुन्।  

आगजनी भएपछि प्रहरीले दर्जनौ राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनकारीले चारवटा मोटरसाइकलमा पनि आगजनी गरेका छन्।  

मुक्ति चोकमा भेला भएका प्रदर्शनकारीहरूले केही समय बिर्तामोड नगरपालिकाको गेटअगाडि नारावाजी र प्रदर्शन गरेका थिए। 

यसअघि बिर्तामोडमा जेनजी समूहले विरोध प्रदर्शन गरेका थिए। आन्दोलनकारीले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए।

दमकमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको रबरको गोली लागेर कमल गाउँपालिका–५ निवासी प्रकाश भट्टराई घाइते भएका छन्। उनलाई तीघ्रामा गोली लागेको छ। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad