राजनीति


जेनजी प्रदर्शनमा भएको घटनाबारे छानबिन गर्न समिति गठन

जेनजी प्रदर्शनमा भएको घटनाबारे छानबिन गर्न समिति गठन

नेपालखबर
भदौ २३, २०८२ सोमबार २१:३७, काठमाडौँ

सरकारले सोमबार जेनजीहरूले गरको प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। 

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी निर्णय गरेको खेलकुदमन्त्री तेजुलाल चौधरीले जानकारी दिए। 

सोमबार भएको प्रदर्शनमा इटहरी र काठमाडौंमा १९ जनाको निधन भएको छ। यस्तै, ४२२ जना घाइते छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

घाइतेको निशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई निर्देशन दिएको छ। 

आजको बैठममा सामाजिक सञ्जाल सञ्चालनको विषयमा स्वास्थ्यमन्त्री प्रदीप पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच चर्काचर्की भएको थियो। 

पौडेलले सामाजिक सञ्जाल खोल्नुपर्छ भन्दा ओलीले नेपाललाई हेपेर दर्ता गर्न नआएको कम्पनीसँग झुक्न सकिँदैन भनेर आफ्नो अडान कायमै राखेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad