सोमबार दिउँसो भएको जेनजीको प्रदर्शनका क्रममा घाइते भएकामध्ये ५४ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
अस्पतालले दिएको विवरणअनुसार, ती सबै घाइतेहरू गोली लागेका हुन्।
जसअनुसार, निकेश रिजाल (बर्दिया, २३ वर्ष) हरि अधिकारी (जुम्ला, २६ वर्ष), पवन खड्का, (महाराजगन्ज, २१ वर्ष) र सूर्य राई (सिन्धुपाल्चोक) छन्।
यस्तै सौरभ कठायत (धनगढी, १९ वर्ष) हरि अधिकारी, (जुम्ला, १७ वर्ष) सन्देश प्रधान, (नवलपरासी, २७ वर्ष) आशुतोष बस्नेत, (इटहरी, १९ वर्ष), सौरभ गौतम, (भोजपुर, २० वर्ष) छन्।
रोशन रेग्मी, (गोरखा, १८ वर्ष) रुपेश कार्की, २७ वर्ष (भक्तपुर) हरिबहादुर शाही, १७ वर्ष (जाजरकोट) कुमार लामा, प्रहरी हवल्दार (दोलखा) प्रकाश बोहरा, (दैलेख, २९ वर्ष) पनि घाइते अवस्थामा ट्रमा सेन्टरमा उपचाररत छन्।
हरिहर सिलवाल, (म्हेपी, ५२ वर्ष) नेत्रविक्रम थापा, (पर्सा, ३० वर्ष) दिलीपकुमार भुजेल (गाईघाट, २६ वर्ष) नवीन तामाङ, (सिन्धुली, २२ वर्ष) मदन कार्की, (सिन्धुपाल्चोक, २५ वर्ष) पनि घाइते छन्।
अश्विन राई, (खोटाङ, २२ वर्ष), अनिल तामाङ, (दोलखा, १९ वर्ष), मुकेश अवस्थी, (डडेलधुरा, २२ वर्ष), जान्तीसिंह ठकुरी (कञ्चनपुर, २१ वर्ष), राजेश साउद (अछाम, २५ वर्ष) छन्।
नोर्बु तामाङ (सिन्धुपाल्चोक, १७ वर्ष), निक मगर (कीर्तिपुर, ३३ वर्ष), पवन शाही (कालिकोट, २६ वर्ष), लिजा अधिकारी (मोरङ, २० वर्ष), भावना पौडेल, समीर लामा, (हेटौँडा, २२ वर्ष), प्रकाश धामी (कैलाली, २७ वर्ष) र सही अहमद (चन्द्रागिरि, २० वर्ष) छन्।
कपिल श्रेष्ठ (काठमाडौँ, ३० वर्ष), विजय अधिकारी (रुकुम, २२ वर्ष), रुपेश कार्की, (दोलखा, २७ वर्ष), सुहानी श्रेष्ठ, (बर्दिया, १९ वर्ष) र अबिक तन्डुकार (काठमाडौँ, २२ वर्ष) पनि उपचाररत छन्।
अभिषेक भण्डारी, (बझाङ, १७ वर्ष) आयमान मगर (धरान, २३ वर्ष) सागर भट्टराई (झापा, २१ वर्ष) आदिय राज राजवंशी (वीरगन्ज, २० वर्ष), सन्देश प्रधान (नवलपरासी, २७ वर्ष), सोम शर्मा (बागलुङ, ३० वर्ष) र ईश्वर ढकाल (कपुरधारा, २० वर्ष) छन्।
सितेशजंग परियार, (काठमाडौँ, २२ वर्ष) समु ढकाल (काठमाडौँ, ३७ वर्ष) लुसन सुब्बा (झापा, २१ वर्ष) नवीन श्रेष्ठ, (सङ्खुवासभा, १९ वर्ष), साहिल अहमद (काठमाडौँ, २० वर्ष) छन्।
केशव अधिकारी (३२ वर्ष), सन्त कुमार महतो, आशुतोष झा र रोशन पराजुली (काभ्रे, २६ वर्ष) छन्।
एकजना परिचय नखुलेका घाइते पनि ट्रमामा उपचाररत छन्।
ट्रमा सेन्टरमा उपचारका लागि पुगेका ८ जनाको मृत्यु भएको छ।
Shares

प्रतिक्रिया