राजनीति


जेन जीको प्रदर्शन: काठमाडौँ र इटहरी गरेर ज्यान गुमाउनेको संख्या २० पुग्यो

जेन जीको प्रदर्शन: काठमाडौँ र इटहरी गरेर ज्यान गुमाउनेको संख्या २० पुग्यो

नेपालखबर
भदौ २३, २०८२ सोमबार १८:१३, काठमाडौँ

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा काठमाडौँसहित देशका विभिन्न सहरहरूका सडकमा जेन जीहरूले प्रदर्शन गरिरहेका छन्। प्रदर्शनमा प्रहरीको गोली लागेर २० जनाको ज्यान गइसकेको छ।  

काठमाडौँमा १८ र इटहरीमा २ जनाको ज्यान गएको हो। 

काठमाडौँको ट्रमा सेन्ट्रम ७ जनाको मृत्यु भएको मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले पुष्टि गरे। ट्रमा सेन्टरमा ५० जना घाइतेको उपचार भइरहेको छ। ४ जना घाइतेको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

यस्तै, एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ। उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। 

त्यस्तै काठमाडौँ मेडिकल कजेलमा २ जना जनाको मृत्यु भएको छ। त्यस्तै टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा गोपाल सेडाइँले जानकारी दिए। 

मृतकहरूको परिचय खुलेको छैन। मृत्यु हुनेमा स्कुले बालबालिकाहरू पनि छ। अहिले काठमाडौँका विभिन्न अस्पतालमा २ सय बढी घाइतेको उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad