राजनीति


बानेश्वरको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १७ पुग्यो

बानेश्वरको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १७ पुग्यो

नेपालखबर
भदौ २३, २०८२ सोमबार १६:३०, काठमाडौँ

काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १७ पुगेको छ।

ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। त्यस्तै एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ। 

उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। 

त्यस्तै काठमाडौँ मेडिकल कजेलमा २ जना जनाको मृत्यु भएको छ। त्यस्तै टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा गोपाल सेडाइँले जानकारी दिए। 

अहिले काठमाडौँका विभिन्न अस्पतालमा २ सय बढी घाइतेको उपचार भइरहेको छ। मृतकहरूको परिचय खुलेको छैन। मृत्यु हुनेमा स्कुले बालबालिकाहरू पनि छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad