प्रहरीको गोली लागेर कास्कीको पोखरामा दुईजना जेनजी प्रदर्शनकारी घाइते भएका छन्। उनीहरुलाई उपचारको लागि गण्डकी स्वास्थ्य विज्ञनज प्रतिष्ठान लगिएको छ।
प्रदर्शनकारीहरुले चाहिँ प्रहरीको गोलीबाट आफ्ना धेरै साथीहरू घाइते भएको बताएका छन्। जेनजी पुस्ताले पोखराको विभिन्न ठाउँमा प्रदर्शन जारी राखेको छ।
जिल्ला प्रशासन कार्यालय रहेको पार्टी क्षेत्रमा कफ्र्यू लगाइए पनि सो क्षेत्रमा प्रदर्शन जारी छ भने प्रहरीले हवाइ फाइर,अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरी प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयास गरिरहेको छ।
आक्रोशित युवाहरुले पोखरा ४, गैह्रापाटनमा रहेको जिल्ला प्रहरी कार्यालय कास्की अगाडि पनि प्रदर्शन गरेका छन्।
त्यहाँको प्रदर्शनको क्रममा उनीहरुले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी गरे भने ‘मान्छे मार्न पाइँदैन’ भन्ने नारा बेस्सरी उराले।
Shares

प्रतिक्रिया