राजनीति


आन्दोलनरत जेनजी पुस्तासँग वार्ता गर्न सरकारलाई शिक्षा समितिको निर्देशन

आन्दोलनरत जेनजी पुस्तासँग वार्ता गर्न सरकारलाई शिक्षा समितिको निर्देशन

नेपालखबर
भदौ २३, २०८२ सोमबार १६:२३, काठमाडौँ

प्रतिनिधि सभा अन्तगर्तको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आन्दोलनरत जेनजी पुस्तासँग वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिको सोमबार बसेको बैठकले उक्त निर्देशन दिएको हो।

बैठकले आन्दोलनरत सम्पूर्ण युवाहरूलाई शान्तिपूर्वक संयमित भएर आफ्ना मागहरू राख्न र गृह प्रशासनलाई संयमता अपनाई आन्दोलनका क्रममा उच्च सतर्कता अपनाउन निर्देशन दिने निर्णय गरेको समिति सभापति अम्मरबहादुर थापाले जानकारी दिए।

समितिले सामाजिक सञ्जाल सन्दर्भमा तथ्यगत कुरा समितिको आगामी बैठकमा जानकारी गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन पनि दिएको छ। 

सभापति थापाले आन्दोलनको समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन्। जेनजी आन्दोलनका कारण सोमवार काठमाडौको बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad