राजनीति


प्रचण्डको पोस्टमा बालेनको व्यंग्य: एकादेशमा टिकटक पनि बन्द भएको थियो

प्रचण्डको पोस्टमा बालेनको व्यंग्य: एकादेशमा टिकटक पनि बन्द भएको थियो

नेपालखबर
भदौ २३, २०८२ सोमबार ९:२५, काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल बन्दविरुद्ध बोल्दा काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले व्यंग्य गरेका छन्। 

भ्रष्टाचार र बेथितिसँगै सामाजिक सञ्जाल बन्दको विरोधमा जेन-जीले काठमाडौँलगायतका स्थानमा आज (सोमबार) गर्न लागेको प्रदर्शनप्रति समर्थन जनाउँदै अध्यक्ष प्रचण्डले आइतबार बेलुका फेसबुकमा पोस्ट गरेका छन्। 

त्यसमा कमेन्ट गर्दै बालेनले यसअघि टिकटक प्रचण्ड प्रधानमन्त्री भएकै बेला बन्द गरिएको थियो भनेर कटाक्ष गरेका हुन्। साथै उनले आफूलाई साथ दिएको भए काठमाडौँका खोलानाला नै फेरिदिनेसमेत उल्लेख गरेका छन्। 

अध्यक्ष प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ। सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अवरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ। प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस्। भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेको
कुरा स्पष्ट छ।’

यसमा कमेन्ट गर्दै बालेनले लेखेका छन्, ‘एकादेशमा टिकटक पनि ब्यान (बन्द) भएको थियो। हजुर पीए (प्रधानमन्त्री) हुँदा पनि मेयर नै थिएँ, काम हजुरबाट पनि केहि भएन कमरेड। मेरो लागि एक दिन दिएको भए म केटीएम (काठमाडौँ) को खोलानाला फेरिदिन्थेँ।’

यसैबीच कतिपयले प्रचण्डको उक्त पोस्टमा भन्दा बालेनको कमेन्टमा धेरै लाइक आएको भनेर पनि टिप्पणी गरिरेहका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad