राजनीति


घरछेउमा भत्किएको पिच देखाउँदै हरिवंशले गरे ‘जेन-जी’को समर्थन

घरछेउमा भत्किएको पिच देखाउँदै हरिवंशले गरे ‘जेन-जी’को समर्थन

नेपालखबर
भदौ २३, २०८२ सोमबार ८:२९, काठमाडौँ

वरिष्ठ कलाकार हरिवंश आचार्यले पनि जेन-जी (२८ वर्षमुनिको पुस्ता) को आन्दोलनलाई समर्थन गरेका छन्।

उक्त पुस्ताले आज काठमाडौँमा भ्रष्टाचार, बेथितिविरुद्ध विरोध प्रदर्शन गर्दै छ।

यसप्रति सहमत हुँदै कलाकार आचार्यले सोमबार बिहान फेसबुक पोस्टमा घर छेउको पिच भत्किएको बाटोसहित आफ्नो धारणा प्रकट गरेका छन्। 

उनले लेखेका छन्, ‘मेरो घरछेउको बाटो पिच गरेको केही समयमै भत्कियो। म हरेक दिन मनमा सोच्दै थिएँ- यो बाटो यति चाँडो कसरी भत्कियो? तर अहिलेको पुस्ता यस्ता प्रश्न मनभित्र मात्र सोच्दैनन्न.. जनताको करले बनेको बाटो किन भत्कियो? कसरी भत्कियो? यसको जिम्मेवारी कसको? यो एउटा सानो उदाहरण 
मात्र हो। आज पुस्ताले प्रश्न गरेका। आज उठेको आवाज कुन्नै व्यवस्थाविरुद्ध आवाज होइन तर यो व्यवस्था हाँकिराख्नुभएका सबै दलका नेता र कर्मचारीको कार्यक्षमतामाथिको प्रश्न हो। जनताले तपाईंहरूबाट अहिले गरिरख्नुभएको भन्दा धेरै आशा गरेका छन्। अब उमेर भएकाले आफ्नो कार्यक्षमता सुधार्ने र उमेर पुगेकाले युवा​पुस्तालाई हस्तान्तरण गर्नु नै उत्तम हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad