राजनीति


सामाजिक सञ्जाल बन्द गरेर मात्रै समस्याको समाधान हुँदैन : सांसद केसी

सामाजिक सञ्जाल बन्द गरेर मात्रै समस्याको समाधान हुँदैन : सांसद केसी

नेपालखबर
भदौ २२, २०८२ आइतबार १२:४७, काठमाडौँ

नेपाली कांग्रेस सांसद अर्जुननरसिंह केसीले सामाजिक सञ्जाल बन्द गरेर मात्रै समस्याको समाधान नहुने भन्दै यसको समाधान खोज्नुपर्ने बताएका छन्।

आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले   सामाजिक सञ्जाललाई राजनीतिक विषय बनाएर मात्रै हेर्न नहुने उल्लेख गरे।

‘सामाजिक सञ्जाल प्रभावकारी रुपले अहिले सञ्चालन भइरहेको छ, नेपाली जनताको दुःखसुखको साथीको रुपमा छ,’ केसीले भने, ‘सामाजिक सञ्जाल राजनीतिक रुपमा मात्रै छैन। यसले कुनैपनि रुपमा बिरामी पर्दा सहयोग नपाएर बस्दा सहयोग पाउने, विपद् सूचना संप्रेषणका लागि एउटा माध्यमका रुपमा पनि छ। यो एउटा सशक्त माध्यमको रुपमा छ।’

उनले स्वतन्त्रतालाई अवरोध पुर्‍याउने काममा कांग्रेस मुकदर्शक हुन नहुनेमा जोड दिए। ‘अभिछिन्न स्वतन्त्रतालाई अपहरण गर्ने काममा नेपाली कांग्रेस मुकदर्शक हुनु हुँदैन, यसमा बाटो खोज्नुपर्छ,’ केसीले भने, ‘सामाजिक सञ्जाल संसारका सबै देशमा दर्ता भएको छ, नेपालमा दर्ता गर्न अटेर गर्नु हुँदैन। कुराकानी गरेर समस्या समाधान गर्नुपर्छ।’

सांसद केसीले आम नागरिकहरु सामाजिक सञ्जाल बन्द गराएकोमा रुष्ट रहेको भन्दै यसको समाधान छिटो गर्नुपर्नेमा समेत जोड दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad