राजनीति


माधव नेपाललक्षित ओलीको टिप्पणी- पार्टीलाई केही चोट लगाए, कार्यकर्ताले बचाए

माधव नेपाललक्षित ओलीको टिप्पणी- पार्टीलाई केही चोट लगाए, कार्यकर्ताले बचाए

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार १३:१, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितलाई पार्टीमा चोटपटक लगाएर गएको आरोप लगाएका छन्।  

चोट लगाएर गए पनि कार्यकर्ता पंक्तिले त्यसलाई जोगाएको, बचाएको ओलीको भनाइ छ। 

'उनीहरूले केही चोटपटक लगाए, तर, कार्यकर्ता पंक्तिले बढो सजगताको साथ पार्टी जोगायो, बचायो। म कार्यकर्ता र नेतालाई धन्यवाद भन्न चाहन्छु, नेतृत्वप्रति सुदृढ विश्वास देखाउनुभयो,' पार्टीको विधान महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, 'त्यसबेला पार्टीप्रतिको निष्ठा, महिला दिदीबहिनीहरूले पार्टी जोगाउनुभयो। पुरुषको पनि योगदान छ। तर, महिलाहरूको अत्यधिक छ।'

उनले पार्टीमा रहेका केही नेतालाई कुहिराको काग भएको टिप्पणी पनि गरे। 
'मुर्धन्य भनिएका नेता कुहिराको काग भए। नेताहरू कतिपय कहाँ-कहाँ पुगे। तर कार्यकर्ता त्यसरी बहकिएन्,' उनले भने, 'कार्यकर्ताले यो पार्टी बचाएर ल्याउनुभयो। तपाईहरूको आमत्मविश्वास देखेर मलाई आँट आएको छ। तपाईँहरू भए पार्टी हाँक्न सक्छु। मलाई गर्व लाग्छ।

मलाई केही भए पनि तपाईहरूले पार्टी हाक्नुहुन्छ भन्ने आत्मविश्वास ममा पलाएको छ।'

पार्टीभित्र अहिले अनुशासन कम हुँदै गएको उनको भनाइ छ।  
'अहिले पार्टीभित्र अलिअलि अनुशासन कम हुँदै गएको छ। सक्रियतामा, आत्मविश्वासमा अलि कमी हुँदै गएको छ,' उनले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad