राजनीति


प्रधानमन्त्रीका सल्लाहकार भन्छन्- दर्ता नभए सामाजिक सञ्जाल निष्क्रिय हुन्छन्

प्रधानमन्त्रीका सल्लाहकार भन्छन्- दर्ता नभए सामाजिक सञ्जाल निष्क्रिय हुन्छन्

नेपालखबर
भदौ १९, २०८२ बिहिबार ११:२४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहका विष्णु रिमालले पनि दर्ता हुन नआए सामाजिक सञ्जाल बन्द हुने संकेत गरेका छन्। 

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘सम्भवत दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरु निष्क्रिय हुँदैछन्।’

एमाले महासचिव शंकर पोखरेलले पनि सरकारले सामाजिक सञ्जाल बन्द गर्न लागेका संकेत गरेका छन्। 

एमाले उपमहासचिवसमेत रहेका रिमालले पनि सरकारले सामाजिक सञ्जाल बन्द गर्न लागेको संकेत गरको हुन्। 

सामाजिक सञ्जाल हाम्रो दैनिक जीवनमा लतकै रुपमा विकास भएकोसमेत उनले बताएका छन्। 

‘सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म प्रायः हामी सबैको लत बनेको छ। प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्म दैनिक दर्जनौँ स्टाटस मार्फत् आ–आफ्ना गतिविधिबारे जानकारी दिने र भावनाको साटासाट गर्ने गरिँदै आएको छ,’ रिमालले लेखेका छन्, ‘यस्तो लागछ– केही गरी यी प्लेटफर्महरु बन्द भयो भने के होला?’

उनले अगाडि लेखेका छन्, ‘सायद, केही अवाञ्छित तत्वका असामाजिक भूमिका र केही गैरजिम्मेवार व्यक्तिका कामको कारण सम्मानित सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क विन्दु (प्वाइन्ट अफ कन्ट्याक्ट), स्वनियमन तथा आवासीय गुनासो सुन्ने अधिकारी तोकी कम्पनी सूचिकृत नगरेसम्म रोक लगाउने आदेश दिएको छ। सम्भवतस् दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरु निष्क्रिय हुँदैछन्।’

उनले भनेका छन्, ‘लतकै रुपमा हाम्रो जीवनमा जोडिएका यी सञ्जाल र प्लेटफर्म चाँडोभन्दा चाँडो सूचिकृत होउन् र हामीले शीघ्र यसको प्रयोग गर्ने वातावरण बनोस्। यही अपेक्षा सहित शुभ बिहानी!’

नेपालमा दर्ताबिनै सञ्चालनमा रहेका भन्दै सरकारले सबै सामाजिक सञ्जाललाई दर्ता हुन हिजोसम्मको समय दिएको थियो। 

तर, यस अवधिसम्म कुनै पनि सामाजिक सञ्जाल दर्ताको लागि सरकारको सम्पर्कमा आएका छैनन्। आफ्नाे आह्वानलाई बेवास्ता गरेका सामाजिक सञ्जाललाई सरकारले अब के गर्छ, आम नागरिकले चासाेका साथ हेरेका छन्।

सरकारले यही भदौ १२ गते सार्वजनिक सूचना जारी गर्दै अहिले नेपालमा चलिरहेका र नेपाल आउने तयारी गरिरहेका सामाजिक सञ्जाललाई अनिवार्य दर्ताका लागि भन्दै सातदिने सूचना निकालेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad