राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति स्वर्णिम वाग्लेले आफ्नो आवाज प्रयोग गरेर सामाजिक सञ्जालमा पोस्ट ‘डीप फेक भिडिओ’ बनाएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन्।
बुधबार दिउँसो भोटाहिटी स्थित साइबर ब्युरोको कार्यालयमा पुगेर उनले उजुरी दिएका हुन्। वाग्लेले अमित मगर र कमल पाठकविरुद्ध उजुरी दिएका हुन्।
‘कानुनी कारबाही गर्नुपर्यो भनेर हामीले साइबर ब्युरोमा उजुरी दिएका छौँ, सेयर गर्नेलाई पनि हदैसम्मको कारबाही हुनुपर्छ,’ उजुरी दर्तापछि उलने भने, ‘एउटा अमित मगर भन्ने पात्र रहेछन्। नेकपा एमाले नुवाकोटको जिल्लाका नेता। अर्का कमल पाठक भन्ने चितवनका नेता पनि देखियो। रुपन्देहीतिर पनि देखियो, जहाँ चुनाव हुँदैछ।’
आफूहरूविरुद्ध राजनीतिकरुपमा संगठित प्रहार भएको वाग्लेको दाबी छ। ‘यो राजनीतिसँग गाँसिएको छ,’ उनले भने, ‘हाम्रा सभापति रवि लामिछानेलाई पनि दुःख दिने। हाम्रा उपसभापति डीपी अर्यालमाथि पनि प्रयास भयो। अहिले ममाथि भयो। संगठितरुपमा हुँदैछ।’
Shares

प्रतिक्रिया