राजनीति


सत्तारुढ दलका कारण लोकतन्त्र कमजोर भयो: सांसद ढकाल

सत्तारुढ दलका कारण लोकतन्त्र कमजोर भयो: सांसद ढकाल

नेपालखबर
भदौ १८, २०८२ बुधबार १४:२४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सरकारको अराजक, असहिष्णु र कर्कस शैलीका कारण लोकतन्त्र कमजोर बन्दै गएको आरोप लगाएका छन्। 

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले आफूहरू ९५ दिनदेखि निरन्तर आन्दोलनरत रहे पनि सत्तापक्षले सुन्न नचाहेको भन्दै आपत्ति जनाए। उनले पार्टीका नेताहरूका डीपफेक भ्वाइस रेकर्डहरू प्रयोग गरेर चरित्र हत्या गर्ने प्रवृत्ति बढेकोप्रति पनि संसदको ध्यानाकर्षण गराए। उनले संवैधानिक आयोगहरू दलगत प्रभावमा परेर निष्क्रिय पारेको आरोप पनि लगाए।
  
यस्तो छ उनको भनाइ 

हामी विगत ९५ दिनदेखि आन्दोलित छौं। हामी आन्दोलित हुँदैगर्दा सत्तापक्षले सुन्दैन। अझ सत्तापक्षका सांसदहरूले हाम्रो प्रतिवाद गर्न घण्टौं समय खेर फालिरहेको छ। कर्कस, अराजक, असहिष्णु सैलीसँग हामीमाथि मिथ्या आरोपहरू लाइरहनु भएको छ। यो सदनभित्र सिर्जनात्मक बहस गर्ने हामीहरूमाथि र हाम्रा बहसहरू सुन्न नसकेर डीपफेक भ्वाइस रेकर्डहरू समेत बाहिर छरपस्ट पार्न थालिएको छ। म यो शैली र चरित्रको निन्दा गर्न चाहान्छु। यो शैलीले लोकतन्त्र बलियो बन्दैन। आज दलीयकरणका कारणले लोकतन्त्रमाथि छाँया परेको छ। त्यसकारण लोकतन्त्र माथि उठ्न सकेको छैन।  जनताले हिसाब राखेका छन्। २०८४ मा यो लोकतन्त्र जुरुक्क उठ्ने छ। ०८४ अख्तियार पनि जुरुक्क उठेर काम गर्न थाल्छ। दलीयकरणमार्फत कब्जा गरिएका संवैधानिक आयोगहरू २०८४ पछि उठेर काम गर्न थाल्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad