राजनीति


जनप्रतिनिधिको परीक्षा अप्ठ्यारो बेलामा हुन्छ : सांसद राई

जनप्रतिनिधिको परीक्षा अप्ठ्यारो बेलामा हुन्छ : सांसद राई

नेपालखबर
बैशाख ७, २०७७ आइतबार ८:१५,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं संघीय सांसद हेमकुमार राई ‘सुरवीर’ले जिल्ला बाहिर रहेका आफ्ना नगरिकको अवस्थाबारे बुझ्न स्थानीय तहलाई आग्रह गरेका छन्।

 जिल्लाका आठवटै स्थानीय तहका प्रमुखहरुसँग टेलिफोन संवाद गर्दै सांसद राईले कोरोनाको सम्भावित संक्रमण रोकथामका लागि गरिएको लकडाउनका कारण कोही पनि सोलुवासी अफ्ठ्यारोमा नपरुन भन्नका लागि यस्तो आग्रह गरेका हुन्।

कोरोनाका कारण विश्व समुदाय नै आक्रान्त भएको भन्दै उनले जिल्लाबाहिर स्वदेश तथा विदेशमा रहेका सबै नागरिकको अवस्था अध्यावधिक गर्न जिल्लास्थित सरकारी निकाय तथा स्थानीय तहका प्रमुखहरुसँग आग्रह गरेका हुन्।

‘संकटको यस घडीमा जिल्लाबाहिर विभिन्न ठाउँमा रहनु भएका सोलुखुम्बुका नागरिकहरुको अवस्था बुझन् र अप्ठ्यारोमा परेको भए सहयोग गर्ने आग्रह गर्दछु’, सांसद राईले, ‘त्यस्ता अप्ठ्यारोमा परेका नागरिकहरुको विवरण उपलब्ध गराउन पनि अनुरोध गर्दछ।’

बन्दाबन्दीको समय निरन्तर लम्बिँदै गएपछि आफ्नो क्षेत्रका नागरिकहरुको वास्तविक अवस्था बुझ्नु सबै जनप्रतिनिधिको दायित्व भएको उनको भनाइ थियो।

पछिल्लो पटक बैशाख १५ गतेसम्मका लागि बन्दाबन्दी लम्बिएपछि विशेष गरी जिल्ला बाहिर अध्ययन गरिरहेका विद्यार्थी र दैनिक ज्यालादारी मजदुरहरु हिंडेरै घर फर्किन बाध्य भएपछि सांसद राईले त्यस्ता नागरिकहरुलाई आवश्यक सहयोग गर्न समेत अनुरोध गरे। उनले सहज परिस्थितिमा जो जहाँ भए पनि त्यसले खासै अर्थ नराख्ने भन्दै उनले संकटको बेलामा जनप्रतिनिधिहरुले आफ्नो वास्तविक दायित्व पूरा गर्न अझ प्रखर रुपमा अगाडि आउनुपर्ने बताए।

उनले आफ्नो क्षेत्रका जनताको जीवन रक्षाका लागि स्थानीय तहसँग समन्वय गरेर अगाडि बढेको बताए।

‘विभिन्न कामको सिलसिलामा जिल्लाबासीहरु अन्यत्र जानुभएको छ, उहाँहरुको पछिल्लो अवस्था बुझ्दै हामी अगाडि बढ्नुपर्छ’, उनले भने, ‘महासंकटको यो घडीमा कसैलाई भरोसाको, कसैलाई राहतको र कसैलाई उद्दारको आवश्यकता परेका छ। कसलाई कुन किसिमको सहयोग आवश्यक हो, त्यो पहिचान गरेरअगाडि बढ्नुपर्छ।’

सांसद राईले बिपत्तिको बेला दिन सक्नेले दिएर र लिन नपर्नेहरुले नलिएर सहयोग गर्न अनुरोध गर्दै गर्दै वास्तविक समस्यामा परेकालाई सहयोग गर्न आफूहरु तयार रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad