समाज


एक हप्तासम्म साइकल चलाएर विवाह गर्न पुगेका युवालाई प्रहरीले क्वारेन्टिनमा राख्यो

एक हप्तासम्म साइकल चलाएर विवाह गर्न पुगेका युवालाई प्रहरीले क्वारेन्टिनमा राख्यो

नेपालखबर
बैशाख ७, २०७७ आइतबार ७:४५,

हाल उनी क्वारेन्टिनमा छन्। २४ वर्षका सोनु कुमार चौहान लुदियाना पन्जामबा फ्याक्ट्रीमा काम गर्ने कामदार हुन्। उनको विवाह अप्रिल १५ मा उत्तर प्रदेश महाराजगंजमा हुने तय भएको थियो।

तर लकडाउन भएपछि सार्वजनिक यातायात बन्द भयो। उनले तीन साथी सँग साइकलमै घर जाने निधो गरे।

एक हप्तासम्म दिनरात साइकलमा उनीहरु हिँडेका थिए। तर घर पुग्न मात्र १ सय ५० किलोमिटर बाँकी रहँदा बलरामपुर जिल्लामा उनीहरुलाई प्रहरीले रोकेर क्वारेन्टिनमा राखेको छ।

विवाह हुने भनिएको दुई दिन अगाडि उनलाई र उनका साथीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरुलाई १४ दिन क्वारेन्टिनमा राखिने प्रहरीले बताएका छन्।

चौहान भन्छन्,‘यदी प्रहरीले नियन्त्रणमा नलिएको भए म यतिबेला विवाह बन्धनमा बाँधिसकेको हुन्थे।’

भारतमा मे ३ सम्म लकडाउन घोषणा भएको छ। बाहिरी जिल्लाबाट आउने मानिसलाई भारतका राज्यहरुले क्वारेन्टिनमा राख्ने गरेको छ। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad