शनिबार ट्रम्पले ह्वाइट हाउसमा भने,‘चीनले भाइरस फैलन अगाडि नै रोक्न सक्थ्यो तर उसले त्यसो गरेन जसका कारण पुरा विश्व प्रताडित बनेको छ।’
ट्रम्पले सो क्रममा भने,‘यदी त्यो गल्ती थियो भने, गल्ती गल्ती नै हो। तर यदी उनीहरु जानाजान जिम्मेवार छन् भने परिणाम अवश्य भोग्नेछन्।’
ट्रम्पले अमेरिकाले चीनविरुद्ध कुन कदम चाल्ने भनेर भने खुलाएनन्।
ट्रम्पले यसअघि नै चीनले कोरोनाको तथ्यांक लुकाएको आरोप लगाइसकेका छन्। हालै ट्रम्पले विश्व स्वास्थ्य संगठन चीन केन्द्रीत भएको आरोप लगाएका थिए।
अमेरिकाले हालै संगठनलाई दिने गरेको सहयोग रोक्ने घोषणा गरिसकेको छ। ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ भाइरस पन्नि भन्ने गरेका थिए।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा अमेरिकाले कोरोना भाइरसलाई वुहान भाइरस नामाकरण गर्न प्रस्ताव समेत गरेको थियो।
सन् २०१८ यता व्यापार युद्धमा होमिएको अमेरिका चीन भाइरसको विषयमा पनि आरोप र प्रत्यारोपमा उत्रने गरेका छन्।
केहीदिन अगाडि अमेरिकी अधिकारीले कोरोना भाइरस चीनको प्रयोगशालामा बनेको भनेपछि चीनले त्यसको खण्डन गरेको थियो। रोयटर्स

प्रतिक्रिया