राजनीति


कार्यवाहक प्रधानमन्त्री सिंह र विश्व बैंकका क्षेत्रीय उपाध्यक्षबीच नदी स्वच्छतामा सहकार्यबारे छलफल

कार्यवाहक प्रधानमन्त्री सिंह र विश्व बैंकका क्षेत्रीय उपाध्यक्षबीच नदी स्वच्छतामा सहकार्यबारे छलफल

नेपालखबर
भदौ १७, २०८२ मंगलबार १५:२१, काठमाडौँ

कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच भेटवार्ता भएको छ। सहरी विकास मन्त्रालयमा आज भएको उक्त भेटमा विश्व बैंक र मन्त्रालयबीच नयाँ परियोजनामा सहकार्यका बारेमा छलफल भएको छ।

बृहत्तर लुम्बिनी क्षेत्र विकास आयोजना र काठमाडौँमा सहरी भौतिक पूर्वाधार निर्माण, फोहरमैला व्यवस्थापन, नदी स्वच्छतालगायत विषयमा छलफल भएको छ।

भेटमा उपाध्यक्ष जुटले मन्त्रालयले दुई स्थानमा केन्द्रित भएर योजना अघि बढाउन खोज्नु राम्रो भएको भन्दै सहकार्यका लागि विश्व बैंक सकारात्मक रहेको बताए।

विश्व बैंकले लुम्बिनी, काठमाडौँ उपत्यकाको सहरी पूर्वधार, वातावरणीय प्रदूषण न्यूनीकरण तथा नदी र वायु स्वच्छताको क्षेत्रमा सहयोग गर्ने बताए। यस भेटवार्ताले नेपाल सरकार र विश्व बैंकबीचको साझेदारीलाई अझ सुदृढ गर्ने विश्वास व्यक्त गरिएको छ।

कार्यवाहक प्रधानमन्त्री सिंहले सहरी विकास मन्त्रालयका आयोजनामा विश्व बैंकसँग भइरहेको सहकार्यका लागि आभार व्यक्त गर्दै नयाँ योजनाहरूमा पनि थप सहकार्य हुने विश्वास व्यक्त गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad