कर्णाली


व्यासको तिंकर गाउँमा ३ सातादेखि टेलिफोन सेवा अवरुद्ध

व्यासको तिंकर गाउँमा ३ सातादेखि टेलिफोन सेवा अवरुद्ध

नेपालखबर
भदौ १७, २०८२ मंगलबार १५:४२, दार्चुला

चीनको सीमा नजिकको दार्चुलाको गाउँ तिंकरमा ३ सातादेखि सञ्चार विच्छेद भएको छ। गत साउन २८ गते आएको बाढीपछि तिंकर गाउँमा टेलिफोन सेवा अवरुद्ध भएको हो।

तिंकर गाउँमा नेपाल टेलिकमको टुजी सेवा जोडिएको थियो। तर टेलिफोन टावरमा चट्याङले क्षति पुर्‍याएपछि टेलिफोन सेवा बन्द भएको हो। फोन सेवा नहुँदा समस्या भएको स्थानीय आस्तिक तिंकरीेले बताए। गाउँमा भिसेट फोन पनि छ। तर निरन्तरको बर्षाका कारण त्यसले राम्रोसँग काम नगरेको उनले बताए।

व्यास गाउँपालिका-१ को तिंकरमा ७० परिवारको बसोबास छ। यहाँका नागरिक गत जेठमा सदरमुकाम खलङ्गाबाट कुञ्चा (बसाइँ)सरेका थिए। व्यास-१ का वडा सचिव विनोदसिंह बुढाथोकीले भने, ‘गत साउन २८ गतेदेखि नेपाल टेलिकमको टावरले काम नगर्दा स्थानीयसँगको सम्पर्क टुटेको छ।’ यहाँका बासिन्दा मङ्सिरमा फेरि खलङ्गा झर्ने गर्छन्।

नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले तिंकरको टावरमा जडान भएको सफ्टवेयरमै समस्या भएको हुनसक्ने बताए। ‘सेवा सञ्चालन नभएकाबारे केन्द्रीय कार्यालयलाई जानकारी गराएका छौँ। समस्या समाधानको प्रयास भइरहेको छ’, उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad