राजनीति


अष्टलक्ष्मी भन्छिन्: ७२ वर्ष पुगेँ, म रिटायर भए पनि महिला नेतृत्वको फिल्ड खाली हुँदैन

अष्टलक्ष्मी भन्छिन्: ७२ वर्ष पुगेँ, म रिटायर भए पनि महिला नेतृत्वको फिल्ड खाली हुँदैन

नेपालखबर
भदौ १७, २०८२ मंगलबार १४:५३, काठमाडौँ

नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले स्थानीय तहका महिला जनप्रतिनिधिहरू सक्षम रहेको बताएकी छन्।

मंगलबार काठमाडौंमा आयोजित प्रेरणादायी महिला जनप्रतिनिधिबारे आयोजित एक कार्यक्रममा बोल्दै उनले सो दाबी गरेकी हुन्।

स्थानीय तहका जनप्रतिनिधिहरूको मूल्यांकन गर्ने परिपाटी अझै बन्न नसकेपनि त्यस क्षेत्रको विकासमा महिला जनप्रतिनिधिहरूले देखाएको आँट, हिम्मत र सोच प्रशंशायोग्य रहेको उपाध्यक्ष शाक्यको निष्कर्ष थियो।

उनले मुलुकलाई समृद्ध बनाउनका लागि महिलाहरूको नेतृत्व स्थापित गराउनु जरुरी रहेको पनि बताइन्। सञ्चार माध्यमहरूले पनि महिलाहरूलाई अघि बढाउने काममा सहयोग गर्न पनि उपाध्यक्ष शाक्यले आग्रह गरिन्।

उनले भनिन्, ‘महिला जनप्रतिनिधिहरूमा पनि आँट र हिम्मत बढेको मैले महशुस गरेको छु। किनभने स्पष्ट सोच, आँट र हिम्मत भएन भने परिवर्तन बाहक नेतृत्व बन्न सक्दैन भन्ने मलाई लाग्छ। त्यो महिला जनप्रतिनिधिहरूमा मैले देखेको छु।’

उनले आफू विस्तारै राजनीतिबाट रिटायर हुने अवस्थामा पुगेपनि महिलाहरू त्यस क्षेत्रमा अघि बढ्न सक्षम भएको आफूले पाएको पनि बताइन्।

उपाध्यक्ष शाक्यले भनिन्,‘अब म त ७२ वर्ष पुगेँ। अब विस्तारै आफू त रिटायर हुने हो। मलाई लाग्छ–कम्तिमा अब यो फिल्ड पनि खाली भएन।’

उपाध्यक्ष शाक्यले समाजलाई विभेदमुक्त बनाउन पनि महिलाहरूको नेतृत्व आवश्यक रहेको जिकिर समेत गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad