राजनीति


उखु किसानहरूलाई तोकेको मूल्य समयमै दिन सरकारसँग प्रचण्डको आग्रह

उखु किसानहरूलाई तोकेको मूल्य समयमै दिन सरकारसँग प्रचण्डको आग्रह

फाइल तस्बिर


नेपालखबर
भदौ १७, २०८२ मंगलबार १५:७, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले उखु किसानलाई दिनुपर्ने समयमै दिनुपर्नेमा जोड दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सरकारलाई समयमै  भुक्तानी दिन समेत आग्रह गरेका हुन्। 

‘राष्ट्रिय अर्थतन्त्रको मुख्य आधार किसान समुदायको उत्पादनको मूल्य समयमै उपलब्ध गराउन सरकारसँग माग गर्दछु,’ प्रचण्डले लेखेका छन्, ‘साथै, किसानका जायज मागहरूमा हाम्रो पार्टीको तर्फबाट सधैँ ऐक्यबद्धता रहनेसमेत अवगत गराउन चाहन्छु।’

उनले आफू नेतृत्वको सरकारले उखु किसानलाई दिने भनि घोषणा गरेको अनुदान समेत कटौती गरेको भन्दै आपत्ति समेत जनाएका छन्। ‘मेरो नेतृत्वको सरकारले उखु किसानहरूलाई दिने भनेको अनुदान रोक्ने र तोकेको अनुदान पनि घटाउने निर्णय गरेको सरकारले दूध किसानहरूको रकम पनि समयमै भुक्तानी गर्न सकेको छैन,’ प्रचण्डले लेखेका छन्, ‘यसैका कारण किसानहरू आन्दोलनमा उत्रिनुपर्ने अवस्था सिर्जना हुनु वर्तमान सरकारको असक्षमता र अकर्मण्यताको प्रमाण हो।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad