राजनीति


सरकार सत्ताकब्जा गर्नतिर लाग्यो, हामी आन्दोलनमा जान्छौँः अग्नि सापकोटा

सरकार सत्ताकब्जा गर्नतिर लाग्यो, हामी आन्दोलनमा जान्छौँः अग्नि सापकोटा

नेपालखबर
भदौ १६, २०८२ सोमबार १९:३७, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारविरुद्ध आन्दोलन गर्ने बताएका छन्।

अखिल नेपाल ट्रेड युनियन महासंघले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकार निरंकुशतातर्फ गएकाले आफ्नो पार्टीले आन्दोलनमा जाने तयारी रहेको बताएका हुन्। 

उपाध्यक्ष सापकोटाले संसदमा पार्टीको संख्या पनि कम भएकाले सरकारलाई दबाब दिन जनतालाई जागृत गर्न पनि सडक आन्दोलनमा जानुको विकल्प नरहेको तर्क गरे।

सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने अवस्था आएको त्यसको तयारी रहन पनि उनले पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे।  

सरकार अधिनायकवाद, तानाशाही र निरंकुशतातिर गईरहेकाले आफूहरुले जनतालाई सचेत गराउन आन्दोलनमा जाने बाटो तय गरेको उपाध्यक्ष सापकोटाको भनाई थियो। 

‘अब विस्तारै आन्दोलनको तयारी गर्नु पर्छ। जनतालाई नै जागृत गरेर जनताको दबाब सुष्टि नगरी अहिले हुनेवाला छैन। किनभने संसदमा हाम्रो संख्या पनि कम छ भनेर हामीले अब आन्दोलनको तयारी गर्नुपर्छ भन्ने समझदारी बनाएका छौँ’ उनले भने, ‘राज्य अधिनायकवादतिर, तानाशाहीकरणतिर, निरंकुशतातिर गइरहेको छ। अझ म त के भन्छु भने अहिले सरकार त भनिएको छ। तर शक्ति राष्ट्र भनिएकाहरूमा चाहिँ सरकार छैन त्यहाँ एउटा गुण्डा दल छ। गुण्डा दलले त्यहाँ मनलाग्दी गरिरहेको छ।’ 

उपाध्यक्ष सापकोटाले सत्तारुढ कांग्रेस–एमालेबीच पनि भयानक ठूलो अन्तर्विरोध रहेको जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad