शिक्षकहरू जनता समाजवादी नेपालको पार्टी कार्यालयमा बालकुमारीमा आज धर्ना दिएका छन्। नेपाल शिक्षक महासंघका नेतृत्वसहितको टोली जसपा कार्यालय पुगेर धर्ना दिएको हो।
पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत आज बिहान ११:०० बजेदेखि दिउँसो १:०० बजेसम्म २ घन्टा जनता समाजवादी नेपालको पार्टी कार्यालयमा धर्ना बसी ध्यानाकर्षणपत्र बुझाए।
शिक्षक महासंघले नेपाली कांग्रेसको कार्यालय, नेकपा एमालेको कार्यालय, माओवादीको कार्यालय, नेकपा एकीकृत समाजवादीको कार्यालयमा यसअघि नै धर्ना दिइसकेको छ।
39
Shares

प्रतिक्रिया