बागमती


भरतपुरमा गुडिरहेको कार सडक किनारको रुखमा ठोकिँदा डाक्टरको मृत्यु

भरतपुरमा गुडिरहेको कार सडक किनारको रुखमा ठोकिँदा डाक्टरको मृत्यु

भरतपुरमा सडक किनारको रुखमा ठोकिएर दुर्घटनामा परेको कार।


नेपालखबर
भदौ १४, २०८२ शनिबार ११:२६, हेटौँडा

चितवनको भरतपुरमा गएराति कार सडक किनारको रुखमा ठोकिएर दुर्घटना हुँदा चिकित्सकको मृत्यु भएको छ।

चितवन प्रहरीले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका-१० विशालचोकबाट रमाइलो चोकतर्फ जाँदै गरेको बा १५ च ४६९३ नम्बरको कार गएराति १ः३० बजे अनियन्त्रित भई सडक किनारमा रहेको रुखमा ठोकिएको हो।

दुर्घटनामा भरतपुर-२ आँपटारीका २९ वर्षीय डा. विप्लव भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ। 

राति घर फर्कंदै गर्दा उनको कार दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ। कारमा उनी मात्रै थिए। 

दुर्घटनामा परी गम्भिर घाइते भएका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा राति २ बजे मृत्यु भएको हो।

यसअघि नारायणी सामुदायिक अस्पतालमा कार्यरत डा. भट्ट केही समययता भने कुनै पनि स्वास्थ्य संस्थामा आबद्ध थिएनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad