राजनीति


रास्वपाले भन्यो: प्रधानमन्त्रीको चीन भ्रमण अगाडि राष्ट्रियताको सन्दर्भमा साझा धारणा बनाऔँ

रास्वपाले भन्यो: प्रधानमन्त्रीको चीन भ्रमण अगाडि राष्ट्रियताको सन्दर्भमा साझा धारणा बनाऔँ

फाइल तस्बिर


नेपालखबर
भदौ १३, २०८२ शुक्रबार १४:१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रियताको सन्दर्भमा साझा धारणा बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ।  

प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा रास्वपाका सांसद गणेश पराजुलीले प्रधानमन्त्रीको चीन भ्रमण अगाडि नै राष्ट्रियताको सन्दर्भमा साझा धारणा बनाउन माग गरेका हुन्।  

‘लिम्पियाधुरा, लिपुलेख, कालापानी यी क्षेत्रहरू नेपालका अविभाज्य भू-भाग हुन् भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी हिमाल झैँ दृढ छ। आसन्न प्रधानमन्त्रीज्यूको चीन भ्रमणभन्दा अगाडि सदनबाट राष्ट्रियताको सन्दर्भमा साझा अवधारणा बनाउन माग गर्दछु,’ उनले भने, 'नेपालको भूभागमाथि अन्य राष्ट्रहरूले नेपालको प्रत्यक्ष सहभागिता र सहमति बिना गर्ने कुनै सम्झौता वा गतिविधि वैधानिक हुँदैन, हुन सक्दैन। यस्तो कार्य आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्त माथि ठाडो प्रहार मात्र होइन, नेपालको राष्ट्रिय स्वाभिमानमाथिको धक्का हो।’

सन् १८१६ को सुगौली सन्धिबाट नै नेपालको पश्चिमी सीमा काली नदी नै रहेको प्रष्६ भएको पनि उनको भनाय छ।  

इतिहास मात्र होइन, भूगोल र हाइड्रोलोजिकल प्रमाणका तथ्य केलाउँदा नदीनालाका प्रवाह, भू–आकृतिक संरचना, स्थानीय बस्ती र प्राकृतिक भूगोलका प्रमाणहरू अनि सन् १९६१ को जनगणना, त्यतिबेलाका प्रशासनिक अभिलेख तथा सन् १९५९ को आम निर्वाचनको मतदाता नामावली लिम्पियाधुरा नेपालको आफ्नो भूभाग हो भन्ने प्रमाणित गर्न पर्याप्त रहेको उनले बताए।

संयुक्त राष्ट्रसंघको चार्टरको धारा २(४) अनुसार, सदस्य राष्ट्रहरूले आफ्नो अन्तर्राष्ट्रिय सम्बन्धमा अन्य कुनै राष्ट्रको भू–साम्प्रभुता वा राजनीतिक स्वतन्त्रता मा आघात पुग्ने खालका कामहरू गर्न पाउँदैनन्। 

उनले भारत र चीनले लिपुलेकका विषयमा गरेको सम्झौताबारे सरकार चुप बसेको भन्दै प्रश्न उठाए। 

‘नताले प्रश्न गरेका छन्– नेपाल सरकारले किन मौनता साधेको छ? सरकार यस्तो संवेदनशील विषयमा किन टालटुल गर्दैछ? अन्तर्राष्ट्रिय सीमा र राष्ट्रियताका मुद्दामा जनताले मौनता होइन, सरकारको स्पष्ट जवाफ मागेका छन्' उनले भने, 'पराजुलीले भनेका छन्, ‘प्रधानमन्त्रीज्यूले छिमेकी दुवै मुलुकका राष्ट्राध्यक्षसँग केवल शिष्टाचार होइन, दृढ, परिणाममुखी र शान्तिपूर्ण तर कूटनीतिक प्रभावकारी संवाद गर्नै पर्छ।’

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार भारत भ्रमणमा जाँदैछन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad