राजनीति


उखु किसानको अनुदान घटाउने निर्णय तत्काल खारेज गर्न सांसदहरूको माग

उखु किसानको अनुदान घटाउने निर्णय तत्काल खारेज गर्न सांसदहरूको माग

फाइल तस्बिर


नेपालखबर
भदौ १३, २०८२ शुक्रबार १४:११, काठमाडौँ

राष्ट्रिय सभाका सांसदहरूले उखु किसानको अनुदान घटाउने निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्। 

शुक्रबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उनीहरूले सो अनुदान पुरानै कायम गरेर तत्काल किसानलाई उपलब्ध गराउन पनि सरकारलाई सचेत गराएका हुन्। 

सभामा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)की सांसद गंगाकुमारी बेल्वासेले उखुमा दिँदै आएको अनुदान सरकारले घटाउने निर्णय गरेको आपत्ति जनाउँदै पुरानै अनुदान उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइन्। 

उनले उखु किसानलाई मारमा पार्ने काम नगर्न पनि आग्रह गरिन्। 

‘उखु उत्पादनमा दिँदै आएको अनुदान सरकारले आधा घटाएको छ,' उनले भने, 'सरकारले गत मंसिर उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ५८५ निर्धारण गरेकोमा अहिले अनुदानको मूल्य आधा घटाएकोमा पहिलाकै अनुदान दिन सरकारलाई अनुरोध गर्दछु।’

यता सत्तारुढ एमालेका सांसद गोपाल भट्टराई बाढी पहिरोका कारण ठप्प रहेको रसुवागढी नाका र तातोपानी भन्सार तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरे। 

उनले मुस्ताङमा रहेको कोरोला नाकालाई वैकल्पिक नाकाको रुपमा सञ्चालनमा ल्याउन पनि ढिलाइ नगर्न आग्रह गरे। 

‘बाढी पहिरोका कारण अहिले उत्तरतिरका नाकाहरू तातोपानी नाका, रसुवागढी नाका ठप्प हुँदा धेरै सामान आउने कन्टेनरहरू करिव ४ सयको हाराहारीमा उतै रोकिएका छन भन्ने छ,' उनले भने, 'यसको निम्ति छिटो भन्दा छिटो ती नाकाहरू सञ्चालन गर्न सरकारलाई आग्रह गर्न चाहन्छु। र अर्को मुस्ताङमा रहेको कोरोला नाकालाई पनि अब सञ्चालन गरेर बैकल्पिक रुपमा त्यो नाकालाई समेत सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

एमालेकी सांसद शारदादेवी भट्टले डेंगु, हैजा लगायतका महामारी फैलिन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताइन्। उनले बाढी पहिरोका कारण महामारी फैलिने भएकाले त्यसलाई रोक्न सरकारले जनचेतनाका कार्यक्रमहरू पनि संचालन गर्नुपर्ने आवश्यक्ता औँल्याइन्। 

सांसदहरूले बाढी र पहिरोले धेरै जनधनको क्षति भएकाले पीडितलाई राहत दिने काममा पनि सरकारले तिब्रता दिनुपर्ने बताएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad