नेपाली सेनाका सहायक रथी भोला थापा उपरथीमा बढुवा भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको बुधबार सार्वजनिक गरिएको छ।
नेपाली सेनाले रिक्त एक उपरथीमा थापालाई बढुवा गर्न सिफारिस गरेको थियो। थापा सैनिक मुख्यालयकै प्रबन्धरथी विभागअन्तर्गत कार्यरत थिए।
उपरथी प्रेमध्वज अधिकारी भदौ ४ गते अवकास भएपछि एक जना उपरथीको पद रिक्त भएको हो। अधिकारी उपरथीको उमेर हदका कारण अवकास भएका हुन्।
1.1k
Shares

प्रतिक्रिया