राजनीति


एमसीसी लज्जाजनक ढंगले पास गरियो, मुलुकलाई विभाजित गर्‍यो: खनाल

एमसीसी लज्जाजनक ढंगले पास गरियो, मुलुकलाई विभाजित गर्‍यो: खनाल

नेपालखबर
भदौ ९, २०८२ सोमबार २१:२३, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले मुलुकलाई विभाजित गर्ने काम गरेको गरेको टिप्पणी गरेका छन्।

काष्ठमण्डप संवादसमापन समारोहलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै उनले मुलुकभित्र राष्ट्रिय सहमति सुनिश्चित नगरीकन गरिएको एमसीसी सम्झौताले मुलुकलाई विभाजित गरेको टिप्पणी गरेका हुन्।

कुनैपनि अन्तर्राष्ट्रिय सन्धि सम्झौता गर्दा संसदलाई पूर्वजानकारी दिनुपर्ने व्यवस्था संविधानमा नै उल्लेख गर्नुपर्ने उनको भनाइ छ।

उनले अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताहरू सत्ताधारीहरूको लक्ष्य र चलखेलको विषय बन्नदिन नहुनेमा जोड दिए। नेता खनालले एमसीसी सहयोग परियोजना संघीय संसदबाट लज्जाजनक ढंगले पास गरिएको उल्लेख गर्दै भविष्यमा यस्तो हुन नदिने कुरामा सबै सजग हुनुपर्ने बताए।

खनालले एमसीसीलाई गृहकार्य, यथोचित छलफल र सहमतिबिना अनुमोदन गरिएको उल्लेख गर्दै यसलाई संस्था वा मुलुकको हकमा पनि लागू गर्न सकिने नजिरको रुपमा लिन नहुनेमा जोड दिए। 

उनले भने, ‘एमसीसीले पनि मुलुकलाई विभाजित गरेको छ। यस्ता सम्झौता गर्दा राष्ट्रिय सहमतिअनिवार्य सर्त हुनुपर्छ। सत्ताधारीहरुको लक्ष्य र चलखेलको विषय बन्न दिनु हुदैन। यहाँ त एक दुई व्यक्तिहरूको लहड, उनीहरूका निजी स्वार्थ, गुट स्वार्थ, पारिवारिक स्वार्थ आदिआधारमा समेत यस्ता सम्झौताहरु हुने गरेका छन्। हामीले यो सिंगो परिपाटीलाई नै बदल्नुपर्ने आवश्यकता छ।’

एमसीसी जस्ता सम्झौताहरू मुलुकको घातक हुने उल्लेख गर्दै उनले यस्ता सम्झौता हुनबाट मुलुकलाईहर ढंगले जोगाउनुपर्ने तर्क गरे।  

संवादका निष्कर्ष सार्वजनिक गर्दै उनले कुनै पनि अन्तर्राष्ट्रिय सम्झौताहरू दबाब र धम्कीमा नभई बराबरीका आधार गर्नुपर्ने बताए। 

उनले परियोजना कार्यान्वयनमा बजेट पारदर्शी हुनुपर्ने तथा एमसीसीलाई स्वायत्त अधिकार दिन नहुने पनि बताए। 

पूर्व प्रधानमन्त्री खनालले भविष्यमा भूराजनीतिक सन्तुलन, छिमेकी र मित्र राष्ट्रहरूसँगको सम्बन्धमा असरहुने गरी सम्झौता गर्न नहुने बताए। उनले एमसीसी परियोजना अमेरिकी सुरक्षा रणनीतिको अङ्ग भएकाले नेपालको लागि हानिकारक हुनसक्ने चेतावनी समेत दिए। 

एमसीसी कार्यान्वयनका क्रममा विदेशी कामदारको निगरानी र प्रवेशाज्ञामा स्पष्टता सुनिश्चित गर्नुपर्नेमा जोड दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad