नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै आफूले राजनीति छोड्दा गर्ल्यामगुर्लुम्म हुने के छ भन्दै प्रश्न गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित प्रकाश विकल्पको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सारा पृथ्वी आफैँले बोकिरहेको जस्तो गोलमाल हुने अवस्थामा नेताहरू रहेको टिप्पणी गरे।
‘नाम लिन जरुरी रहेन तर नेपालमा कुनै राजनीतिक दलका नेता भन्नुहुन्छ, मैले छोडिदिएँ भने सबै गर्ल्यामगुर्लुम्म झर्छ जस्तो लाग्छ भन्नुहुन्छ,’ रिजालले भने, ‘त्यस्तो के जाने हो, थाहा छैन। छोड्नै नमिल्ने गरी एक छिन पनि। सारा पृथ्वी बोकिरहेको जस्तो गोलमाल हुने ठाउँमा बस्दा यस्तो अवस्थामा हाम्रो नेताहरू हुनुहुन्छ। त्यस्तो राजनीति बोकेर बसेका छौँ नि त।’
बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले देशको राजनीतिको खाँबो आफूले छोडिदिए गर्ल्यामगुर्लुम्म ढलिहाल्छ कि जस्तो लाग्ने गरेको बताएका थिए।
रिजालले राजनीतिक दलहरुमा पुस्तान्तरण नहुने, पुस्तान्तरण राजतन्त्रमा मात्रै हुने जिकिर गरे। ‘राजनीतिक दलहरुमा पुस्तान्तरण भन्ने हुँदैन। त्यो राजतन्त्रमा मात्रै हुन्छ। राजनीतिमा पुस्तान्तरण हुँदैन। बाँकी चिज सबै निरपेक्ष हो, जसले सक्छ त्यसले लिएर जाने हो। कांग्रेसमा धुलो, तुवाँलो लागेको र पुछ्ने मात्रै काम भयो भने कांग्रेस कांग्रेस जस्तो देखिन्छ,’ उनको मत छ।
Shares

प्रतिक्रिया